Technology

श्री एयरलान्सको पाँच सयमै हवाई टिकट

श्री एयरलान्सको पाँच सयमै हवाई टिकट

काठमाडौं । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले चाडपर्वलाई लक्षित गरी ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई पाँच सय रुपैयाँमै हवाई सेवा प्रदान गर्ने भएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन लागेको जनाएको हो । 

कम्पनीका अनुसार सो उमेर समूहका ज्येष्ठ नागरिकलाई पाँँच सय रुपैयाँ मात्र लिएर बाँकी हवाई भाडा तथा इन्धन शुल्क छुट हुने छ । श्री एयरलाइन्सले ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा इन्धन शुल्क र करबाहेक ५० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार यो सुविधा लिन यात्रा गर्ने व्यक्तिले उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र उपलब्ध गराउनुपर्ने छ । यस्तो सहुलियत टिकट कम्पनीको बिक्री काउन्टर वा एप्स र अनलाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तो सुविधा एउटा उडानमा दुई जनालाई मात्र उपलब्ध गराइने र टिकट रद्द गर्न नपाइने कम्पनीको नियम छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो योजना सार्वजनिक गर्दै ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गर्नुभएको थियो । उक्त घोषणालाई वायुसेवा सञ्चालकहरूले भने लागू गर्न नसकिने जनाएका थिए । यद्यपि श्री एयरलाइन्सले भने मन्त्रीको कार्ययोजना अनुसारकै सहुलियत सार्वजनिक गरेको हो ।  

Shree Air

विशेष