कभर स्टोरी

भाइरल हुने रहरले बीबीसीसम्मलाई भ्रामक सूचना बाँडे  यिनले

भाइरल हुने रहरले बीबीसीसम्मलाई भ्रामक सूचना बाँडे  यिनले

काठमाडौं । दुई साताअघि पतञ्जलि आर्युवेद लिमिटेडका मालिक आचार्य बालकृष्ण भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा भर्ना भए । उनलाई कसैले दिएको मीठाइको टुक्रा खाएपछि असहज महशुस हुन थाल्यो । त्यसपछि उनलाई एम्स लगियो, जहाँ ‘फुड पोइजनिङ’को शंका गरेर चिकित्सकहरुले वान्ता गराए र जोखिम न्युनिकरणको प्रयास गरे । 

भारतीय मिडियाहरुका अनुसार एम्सको सघन उपचार कक्षमा राखेर आचार्य बालकृष्णको थरीथरीका परीक्षण गरियो । एम्सका मेडिकल सुपरिटेन्डेन्ट डा. ब्रम्ह प्रकाशद्वारा जारी मेडिकल बुलेटिनमा आचार्य बालकृष्ण अस्पताल भर्ना भएपछि उनको ब्लड प्रेसर, पल्स रेट, एसपिओ टु, आरविएस परीक्षण गरियो, जुन सामान्य देखियो । 

अस्पतालले इसिजी, स्क्रिनिङ इको, एमआरआई ब्रेन डोन पनि सामान्य देखिएको उल्लेख छ । श्वासप्रश्वास, ब्लड सुगर, इलेक्ट्रोलाइटिस लगायत पनि सामान्य देखियो । कार्डियोलोजिस्ट, न्युरोलोजिस्ट, जनरल फिजिसियन सबैले आचार्यृको स्वास्थ्य जाँच गरे, जहाँ विष खुवाइएको लक्षण भेटेनन् ।
 चिकित्सकहरुले सामान्य ‘फुड पोइजनिङ’को शंका गरे । 

तर नेपालमा पतन्जलि योग पीठ नेपालका ट्रस्टी शालिग्राम सिंहले चियाको कपमा तुफान चलाए । उनले ‘आचार्य बालकृष्णलाई हत्या गर्ने उद्देश्यले विष मिसाइएको मिठाई दिइएको’ अभिव्यक्ति दिए । जसको कुनै औपचारिक आधार थिएन । उनलाई मनमा लाग्यो, बोलिदिए । 

बीबीसी नेपाली सेवाले पनि उनको कुरालाई आधार बनाएर एक स्टोरी प्रकाशित गर्यो । जसका कारण ‘आचार्य बालकृष्णलाई हत्याको षडयन्त्र’ भन्ने आसयको शीर्षकमा  अन्यत्र पनि साभार गरिए । 

एम्स अस्पतालले प्रकाशित गरेको बुलेटिने हेर्नुहोस् ।

जहाँ बालकृष्णको शरिरमा कुनै प्रकारको विषको सन्दर्भ कतै उल्लेख छैन । भारतको ऋषिकेषमा आचार्यको परीक्षण भएको थियो, नेपालमा आधारहिन अभिव्यक्ति दिएर शालिग्रामले सनसनी मच्चाए । अथवा भनौं भ्रम सिर्जना  गरिदिए ।  

 

पतञ्जलि आयुर्वेद लिमिटेडमा आचार्य बालकृष्णको ९८ दशमलव ६ प्रतिशत सेयर छ । उनको कुल सम्पत्ति ४ दशमलव ८ अर्ब अमेरिकी डलर छ । भारतका २५ औं धनी व्यक्तिका रुपमा लिइने आचार्यलाई विश्वका ३६५ औं धनी व्यत्तिकका रुपमा फोर्ब्सले सूचीकृत गरेको छ । 
वालकृष्णका मातापिता नेपाली हुन् । मातापिता भारतमा काम गर्न गएको बेला आफ्नो जन्म पनि भारतमा भएको उनी बताउने गर्छन् ।  
 

विशेष