राशिफल

आजको राशिफल !

आजको  राशिफल  !

आज मिती २०७६ साल असोज महिनाको ९ गते बिहिवार ई. स.२०१९ सेप्टेम्बर२६ तरिख

 मेष–

आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला ।

वृष–

लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ ।

मिथुन–

विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट

आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ ।

सिंह–

आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला ।

कन्या–

परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ ।

तुला–

यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ । पढाइ आज खासै राम्रो छैन ।

वृश्चिक–

ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला ।

धनु–

आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला ।

मकर–

आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।

कुम्भ–

आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन ।

मीन–

खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् ।

विशेष