मनोरञ्जन

...यस फिल्मपछि ऋतिकलाई आएको थियो ३०,००० बढी विवाहको प्रस्ताव

...यस फिल्मपछि ऋतिकलाई आएको थियो ३०,००० बढी विवाहको प्रस्ताव

एजेन्सी , बलिउड अभिनेता ऋतिक रोशन विभिन्न कारणले बेलाबखतमा चर्चामा आउने गरेका छ।  आफ्नो कुशल अभिनय क्षमता तथा सुन्दरताका कारण दर्शकको मन मस्तिष्कमा बस्न सफल ऋतिकले हालसम्म सयौ फिल्ममा काम गरिसकेका छन।  चलचित्र 'कहो न प्यार है'  मार्फत बलिउड डेब्यु गरेका ऋतिकले पहिलो फिल्मबाट नै दर्शकका अपार साथ पाएका थिए।     

हालै मात्र द कपिल शर्मा शो मा सहभागी भएका ऋतिकले मुम्बई मिररको एक रिपोर्टमा  सन् २००० मा यस फिल्म प्रदर्शनमा आए  पश्चात आफुलाई  ३० हजार भन्दा बढी बिवाहको प्रस्ताव आएको बताएका छन। उनले सोहि बर्ष नै सुजैल खानका साथमा बिवाह गरेका थिए ।  

एकै फिल्मबाट रातारात स्टार बनेका ऋतिकलाई यस फिल्ममा अभिनेत्री 'अमिषा पटेल' ले साथ दिएकी थिइन्।  फिल्म पछिल्लो २० बर्षमा बलिउडको सर्वश्रेष्ठ फिल्म बन्न पुगेको छ।  

सुजैलसंगको १४ बर्से बैवाहिक सम्बन्धमा उनले सन् २०१४ मा फुलस्टप गरेका हुन्। तथापी यी दुईलाई बेलाबखतमा सन्तानका साथमा एकसाथ देखिने गरेको छ।  यी दुई पति पत्नी नभए पनि असल साथीको रुपमा रहेका छन।   

सन् २००० को सर्वाधिक हिट फिल्म 'कहो न प्यार है' लाई राकेश रोशनले निर्देशन गरेका थिए।  अमिषा र ऋतिक द्वारा अभिनित यस फिल्म सुपरहिट हुनका साथै एकै बर्षमा सर्वाधिक अवार्ड जितेर गिनिज बुक अफ वर्ड रेकर्डमा नाम राख्न समेत सफल भएको थियो।  'कहो न प्यार है' ले एक बर्षमा ९२ अवार्ड जितेको थियो।     

विशेष