राशिफल

तपाइको आज !

तपाइको आज !

आज मिति २०७६ साल असोज महिनाको १० गते शुक्रवार , तद अनुसार इस्वी संवत २०१६ सेप्टेम्बर २७ 

मेष–
 आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ ।

वृष– 
व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।

मिथुन–
 भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।

कर्कट– 
अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।

सिंह–
 दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपलार्् ।

कन्या–
 कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।

तुला–
 विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।

वृश्चिक– 
घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ ।

धनु–
 घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ ।

मकर–
 प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ ।

कुम्भ– 
बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

मीन– 

राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला 

विशेष