राशिफल

आज शनिवार तपाइको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज शनिवार तपाइको दिन कस्तो रहला ? हेर्नुहोस आजको  राशिफल !

आज मिति २०७६ साल असोज महिनाको ११ गते सनिवार तद अनुसार इ स २०१९ सेप्टेम्बर २८ तारिख , तपाईको आजको दिन कस्तो रहला हेर्नुहोस आजको राशिफल !

मेष–

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । धर्मकर्ममा मन जानेछ।  

वृष–

काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । कार्य सफलता मिल्नेछ।  

मिथुन–

सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । आकस्मिक धन लाभको सम्भावना रहेको छ।  

कर्कट–

प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला ।

सिंह

पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ ।

कन्या–

जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।

तुला–

लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ ।

वृश्चिक–

पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ ।

धनु–

घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।

मकर–

आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ ।

कुम्भ–

स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

मीन–

आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ ।

विशेष