खेल

निलम्बनको साढे तीन वर्षपछि क्यानमा नयाँ नेतृत्व, कसकाे प्यानल जित्याे?

निलम्बनको साढे तीन वर्षपछि क्यानमा नयाँ नेतृत्व, कसकाे प्यानल जित्याे?

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। शनिबार राजधानीमा भएको १७ सदस्यीय समितिको निर्वाचनमा पूर्वअध्यक्ष विनयराज पाण्डेको प्यानललाई चन्दको नेतृत्वमा रहेको प्यानलले पराजित गरेको हो।

चन्दको प्यानलले जित हात पारे पनि आधिकारिक घोषणा गर्न भने बाँकी छ। अध्यक्षमा निर्वाचित चन्दले ४५ र पराजित पाण्डेले १५ मत प्राप्त गरे। निर्वाचनमा ३९ जिल्ला प्रतिनिधि र २० प्रदेश प्रतिनिधि गरी ५९ मतदाता रहेका थिए।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा विशेष साधारण सभा सम्पन्न भएको हो।

अध्यक्षका अर्का प्रत्यासी विनयराज पाण्डेलाई हराएर चन्द अध्यक्षमा निर्वाचित भएका हुन्। यद्यपि मतपरिणमको औपचारिक घोषणा हुन बाँकी रहेको छ। 

नयाँ नेतृत्वसँगै क्यान निलम्बनको फुकुवा हुनेछ। आईसीसीले साढे ३ वर्ष अघि सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै क्यानलाई निलम्बन गरेको थियो। 

विशेष