Technology

फेसबुकको पोस्टमा अब 'लाईक' नदेखिने , अष्ट्रेलियामा परिक्षण सुरु !

फेसबुकको पोस्टमा अब 'लाईक' नदेखिने , अष्ट्रेलियामा परिक्षण सुरु !

एजेन्सी , फेसबुकमा कुनै सामग्री पोस्ट गरे पछि लाईकको आश गर्नु स्वाभाविक नै हो।  फेसबुक प्रयोगमा आएदेखि हालसम्म लाईकको बिशेष प्रकारको बिशेशता रहेको छ।    

तर अब आएर फेसबुकले यो फिचर बन्द गर्न लागेको छ।  फेस्बुकका प्रयोगकर्ताबीच प्रतिष्पर्धात्मक भावनामा वृद्धि गरेको भन्दै यो फिचर बन्द गर्न लागिएको हो। यो परिवर्तन पछि फेसबुकका फोटामा आइएका लाईक तथा लव रियाक्ट्सहरु आफूबाहेक अन्य साथीले देख्न नपाउने भएका छन।  

यसको सुरुवात हाल अष्ट्रेलियाबाट थालिएको छ भने देशभरी नै यो योजना लागु गर्ने तयारी फेसबुकको रहेको छ। 

यसबारेमा फेसबुक कम्पनिले भनेको छ  "हामी फेसबुकलाई लाइकको प्रतिस्पर्धा हुने स्थान चाहदैनौं । नयाँ विशेषता प्रयोगकर्ताका लागि कति सुविधाजनक छ भनेर परिक्षण गरिदैंछ । यसको आधारमा संसारभरी यो फिचर लागू गर्ने निर्णय गरिनेछ ।’

फेसबुक इन्कको स्वामित्वमा रहेको इन्स्टग्रामले पनि यो परिक्षण पहिले देखि नै सुरु गरेको थियो।  जसको परिक्षण पहिलो पटक क्यानाडाबाट गरिएको थियो ।  

विशेष