यी हुन् बिरेनुनको सेवनबाट स्वास्थ्यमा हुने फाइदाहरु ! जानिराखौं
बिरेनुन सायदै नाम नसुन्ने कमै होलान। यसलाई स्वास्थ्यका लागि अचुक मान्ने गरिन्छ। यसलाई विभिन्न रोगका लागि घरेलु उपायका रुपमाप्रयोग गर्ने गरिन्छ। आयुर्वेदमा त झन् यसलाई औषधिका रुपमा प्रयोग गरिन्छ। आयोनुनको साटो बिरेनुनको प्रयोग गर्नाले यसबाट बिशेष लाभ उठाउन सकिन्छ।
बिरेनुन प्राकृतिक तथा पुरानो नुन हो यसलाई हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ। आज हामी बिरेनुनको उपयोगबाट स्वास्थ्यमा पुग्ने फाइदाहरुको बारेमा बताउन जादै छौं , आउनुहोस
- बिरेनुनको नियमित सेवनले बाथ , कमलपित्त , कफलाई नियन्त्रणमा राख्छ।
-यसको प्रयोग विशेषगरी पेटसम्बन्धी समस्याका लागि गर्ने गरिन्छ।
-बिरेनुनमा सोडियमको मात्रा कम हुने भएकाले यो उच्च रक्तचापका बिरामीहरुका लागि पनि लाभदायी रहेको छ।
-बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट छुटकारा दिलाउछ।
-पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा पनि बिरेनुनको प्रयोग गर्ने गरिन्छ।
- बिरेनुनको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रणमा राख्छ।
-यसले धातुबाट हुने असरबाट पनि बचाउछ।
- तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउनु निकै लाभदायक हुन्छ।
-भोक नलाग्ने समस्याका लागि समेत बिरेनुनको सेवन अति नै लाभदायी रहेको छ।