राशिफल

आज असोज १२ गते आइतवार तपाइको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज असोज १२ गते आइतवार तपाइको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज मिति २०७६ साल असोज महिनाको १२ गते आइतवार तद अनुसार इ स २०१९ सेप्टेम्बर २९ तारिख , आज घटस्थापना अर्थात् जमरा राख्ने औशी , तपैका लागि कत्तिको शुभ रहला हेर्नुहोस तपाइको आजको भाग्यफल !

मेष–

अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । परिश्रम गरे अनुरुप कार्यमा सफलता नमिल्नाले मानसिक चिन्ताले सताउने छ।  

वृष–

राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । पारिवारिक वातावरण उल्लासमय रहला  

मिथुन–

परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । रमणीय यात्राकोसमभावना रहेको छ।  

कर्कट–

अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रतिष्पर्धामा बिजयी भइने छ।  

सिंह–

सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । मानसिक बेचैन उत्पन्न हुनेछ।  स्वास्थ्य सामान्य रहला।  
कन्या–

व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  

तुला–

आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  

वृश्चिक–

रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । बिद्यार्थी वर्गका लागि समय मध्यम रहेको छ।  

धनु–

काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ ।

मकर–

चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।

कुम्भ–

खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।

मीन–

समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।

विशेष