खेल

 यू–१८ साफ च्याम्पियनसिप : भारत उपाधि विजेता

 यू–१८ साफ च्याम्पियनसिप : भारत उपाधि विजेता

काठमाडौँ । १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको फुटबल खेलको उपधि भारतले उचालेको हो । यसअघिका दुवै संस्करण नेपालले जितेको थियो । हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयको मैदानमा आइतबार भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्यो ।

मध्यान्तरसम्म दुवै टिमले १/१ को बराबरी खेलेका थिए । भारतका लागि विक्रमप्रताप सिंह र रविबहादुर रानाले गोल गरे भने तथा बंगलादेशका लागि एसिन अर्फातीले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा भारत र बंगलादेश १० खेलाडीमा समेटियो । फाइनल खेलमा ३ खेलाडीले रातो कार्ड पाएका थिए । झगडामा उत्रिएपछि नेपालका रेफ्री कबिन ब्यन्जनकारले भारतका गुर्किरात सिंहलाई सिधै रातो दिए । यस्तै बंगलादेशका मोहमद रिडोयलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाए ।

खेलको ३८ औं मिनेटमा अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । तर, उनी गोल गर्न साथ मैदानबाट बाहिरिए । गोल गरेपछि खुसियाली मनाउने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा उनि मैदानबाट बाहिरिएका थिए ।

भारत पहिलो संस्करणको र बंगलादेश दोस्रो संस्करणको उपविजेता हो । दुवै संस्करणको उपाधि जितेको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । ६ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स तेस्रो भयो । 

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप फुटबल

विशेष