स्वास्थ्य

मुटुरोका कारण वर्षेनी १ करोड ७९ लाखको मृत्यु

मुटुरोका कारण वर्षेनी १ करोड ७९ लाखको मृत्यु

काठमाडौँ । ‘मेरो मुटु तिम्रो मुटु’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । तर प्राणघातक मुटु रोगका कारण विश्वमा सबैभन्दा धेरै मानिसको मुत्यु हुने गरेको पाइएको छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ करोड ७९ लाख मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ ।

धुम्रपान, मद्यपान, उच्च रक्तचाप, कोलस्टोर र मोटोपनको समस्या भएका व्यक्तिमा मुटुसम्बन्धी समस्या देखिने सम्भावना उच्च रहन्छ । अत्यधिक चिल्लो पदार्थ अनि गुलिया खानेकुरा र सन्तुलित भोजन नगर्ने, व्यायाम नगर्ने व्यक्ति पनि मुटु रोगको जोखिममा रहन्छन् । 

नेपालमा पनि मुटुरोगको बढ्दो जोखिम
पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । नेपालमा २२ लाख मानिसमा कुनै न कुनै किसिमको मुटु रोग रहेको छ । यस्तै २२ देखि २५ बर्ष उमेर समूहका युवाहरुमा हृदयघातको समस्या बढी देखिन थालेको मुटुरोग विषेशज्ञहरु बताउँछन् । 

खानपानमा ध्यान पु-याउने, शारीरिक व्यायाम गर्ने, मद्यपान, धुम्रपान र सूर्तिजन्य पदार्थको सेवन नगर्दा पनि मुटु रोगबाट बच्न सकिन्छ । नेपालमा १५ बर्ष उमेरमुनीका मुटुरोगका समस्या भएका बालबालिका र ७५ वर्षमाथिका वृद्ध वृद्धाहरुको निःशुल्क उपचारको व्यवस्था छ । 

विशेष