राशिफल

आज असोज १३ गते सोमवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज असोज १३ गते सोमवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज मिति २०७६ साल असोज महिनाक्को १३ गते सोमवार ,इ स १०१९ सेप्टेम्बर ३० तारिख, कुन राशी भएकाका लागि कस्तो रहेको छ त आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल !

मेष–

तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । व्यवसायिक कार्यमा सफलता पाइने छ।  मान प्रतिष्ठामा वृद्धि हुनेछ।  

वृष

जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । पारिवारिक असमझदारी बढ्नाले मन खिन्न हुने छ।  कार्य सफलताका लागि ठुलै मेहनत गर्नु पर्ने देखिन्छ।  

मिथुन–

मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । पढाई लेखाईमा सफल भइएला।  रमणीय स्थलको यात्रा हुनेछ।  

कर्कट–

उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारिक माहोल सुखमय रहनेछ

सिंह–

स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रमणीय स्थलको यात्रा  हुनेछ।  

कन्या

विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी, समेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । धार्मिक कार्यमा मन जानेछ। खानपानमा विचार पुर्याउनुपर्ने छ।  

 तुला–

आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । धार्मिक यात्राको अवसर मिल्नेछ। 

वृश्चिक–

नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । ठुलाबडाको आशिर्वाद पाइने छ।  

धनु–

गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । पहिलेकोप सफलताले कार्य गर्नमा थप हौसला बढाउने छ।  

मकर–

विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । आध्यात्मिक सिद्धि प्राप्त हुने सम्भावना रहेको छ।  

कुम्भ

अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन, होसियार रहनु होला । अनावश्यक झैँ झमेलामा फस्ने सम्भावाना रहेकाले होसियार हुनुपर्ने छ।  

 मीन–

रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ।  

विशेष