ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन रोक्न अन्तरिम आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले २० भदौमा हुने गरी तय भएको निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै नेपाल टेबलटेनिस संघका पूर्व महासचिव समेत रहेका कमिटीका सदस्य कमलबहादुर चित्रकारले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
रिट निवेदनको गाम्भिर्यता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निश्कर्षमा पुग्नु जरुरी भएकाले भदौ २२ गतेको पेशी तोकिएको छ,’ आदेशमा भनिएको छ । सर्वोच्चले निर्वाचन रोक्न आदेश जारी गरेसँगै २० भदौका लागि तोकिएको निर्वाचनको तालिका अन्यौलमा परेको छ ।