गृह मन्त्रालयले माग्यो २ हजार कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि कर्मचारी माग गरेको हो । जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ।