खेल

वेस्ट इन्डिजसँगको ‘टेस्ट सिरिज’ पनि भारतले जित्यो

वेस्ट इन्डिजसँगको ‘टेस्ट सिरिज’ पनि भारतले जित्यो

काठमाडौं । भारतले वेस्ट इण्डिजलाई दोस्रो टेस्ट क्रिकेटमा २५७ रनले पराजित गरेको छ । योसँगै भारतले वेस्ट इण्डिज विरुद्धको टेस्ट सिरिज पनि २–० ले जितेको छ ।

भारतले वेस्ट इन्डिजलाई लगातार ४ टेस्टमा हराएको यो पहिलोपटक हो । यसअघि सन् २०१३ देखि २०१६ सम्म टिम भारतले वेस्ट इन्डिजलाई लगातार ३ टेस्टमा पराजित गरेको थियो ।

योसँगै भारतले वेस्ट इन्डिजविरुद्ध लगातार आठौं सिरिजको जीत हो । सन् २००२ पछि भारतसँगका टेस्टमा वेस्ट इन्डिजले जीत हासिल गर्न सकेको छैन ।

भारतले पहिलो पारीमा हनुमा बिहारीको शतक र इशान्त शर्माको अर्धशतकसँगै ४१६ रन बनाएको थियो । यसपछि वेस्ट इन्डिजको पूरै टीम ११७ रन मात्र बनाएर अल आउट भयो । भारतका लागि जसप्रित बुमराहले ह्याट्रिकसँगै ६ विकेट लिएका थिए । पहिलो पारीमा भारतले २९९ रनको अग्रता लिएको थियो ।

भारतले दोस्रो पारी भने १६८–४ मा नै घोषित गरेको थियो । यसरी वेस्ट इन्डिजलाई ४६८ रनको लक्ष्य मिलेको थियो । तर दोस्रो पारीमा पनि वेस्ट इन्डिजले खासै राम्रो प्रदर्शन गर्न सकेन् । दोस्रो इनिङ्समा वेस्ट इन्डिज २१० रनमै अल आउट भयो ।

भारत भर्सेस वेस्ट इन्डिज टेस्ट क्रिकेट

विशेष