स्वयम्भूमा छुरा प्रहार गरी युवकको हत्या

काठमाडौं । काठमाडौंको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ । नागार्जुन नगरपालिका–५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो।
अनुसन्धान लागि ३ जना पक्राउ परेका र उनीहरुबारे अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
डिएसपी सुवेदीका अनुसार बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ । हिजो राति बस्नेत र उनका केही साथीहरुबीच विवाद हुँदा उनको हत्या भएको आशंका गरिएको छ।