निमोनियालगायत रोगबाट बचाउने स्याउका यस्ता छन् बेफाइदा
स्याउमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ। यसले हाम्रो एन्टी ब्याक्टेरिया इम्यनिटीलाई बढाए निमोनिया हुनबाट बचाउँछ। एक नयाँ अध्ययनमा यस्तो दाबी गरिएको हो।
यो अध्ययन नेचर कम्युनिकेशन नामक पत्रिकामा प्रकाशित भएको हो। उक्त अध्ययनका शोधकर्ताहरूका अनुसार इम्यून सिस्टमलाई कमजोर गराउन निमोनियाका ब्याक्टेरिया हाइड्रोजन पेरोक्साइडको प्रयोग गर्छन्। यसलाई कम गर्न स्याउले मद्दत गर्ने उनीहरूको दाबी छ।
यो समयमा स्याउ धेरै पाइन्छ। त्यसैले दिनमा एउटा स्याउ खानुहोस् र स्वास्थ्यलाई ठीक राख्नुहोस। स्याउ सेवन स्वास्थ्यका लागि धेरै फाइदायुक्त भए पनि यसका केही नोक्सान पनि भएको उक्त अध्ययनबाट पत्ता लागेको छ।
स्याउ खाँदा हुने बेफाइदा जान्नुहोस्
स्याउले रगतमा सुगरको मात्र बढाउँछ।
स्याउले एलर्जिक रियाक्सन पनि हुन सक्छ।
स्याउको बिउले स्वास्थ्यलाई हानी गर्छ यसमा साइनाइट पाइन्छ।
क्यालोरी र सुगरको मात्रा बढी हुनेहुँदा स्याउ खाँदा वजन बढ्न सक्छ।
अम्लीय (एसिडिक) हुने भएका कारण दाँतलाई नोक्सान गर्दछ।
स्याउको नोक्सानबाट कसरी बच्ने
यदि तपाईं स्याउ खाँदा हुने नोक्सानबाट बच्न चाहनुहुन्छ भने आवश्यक मात्रामा सहि समयमा स्याउ खाने गर्नुहोस्।
स्याउ दिउँसो खानुहोस्।
स्याउको जुस कम पिउनुहोस्।
स्याउ खाएपछि दाँच सफा गर्नुहोस्।
एकदिनमा एउटा स्याउ भन्दा नखानुहोस्।
स्याउको बिउ सेवन नगर्नुहोस्।
स्याउ राति खाने नगर्नुहोस्।
स्याउ