खेल

एक खेल अघि नै श्रीलंकासँगको सिरिज न्यूजिल्याण्डलाई

एक खेल अघि नै श्रीलंकासँगको सिरिज न्यूजिल्याण्डलाई

काठमाडौं । श्रीलंका विरुद्धको टि–२० सिरिज न्यूजिल्याण्डले एक खेल अगावै जितेको छ । दोस्रो खेलमा ४ विकेटको जीत हासिल गरेसँगै न्यूजिल्याण्डले एक खेल अगावै सिरिज २–० ले जितेको हो ।

मंगलबार राति भएको खेलमा श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि कोलिन डी ग्राण्डहोमले ५९, टोम बुर्सले ५३, टिम सेफर्टले १५, कोलिन मुनरोले १३, मिचेल सान्टनरले नट आउट १० रनको योगदान दिए । बलिङमा श्रीलंकाका अकिला धननज्यले ३, इशरु उडाना र वानिन्दू हसरंगाले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनायो ।

उसका लागि निरोशन डिकवेलाले ३९, अभिश्का फर्नान्डोले ३७, कुसल मेन्डिसले २६, शेहन जयसूर्यले २०, इशरु उडानाले १३, धनन्जय डी सिल्भा, कुसल परेराले ११–११ रन बनाए ।

बलिङमा न्यूजिल्याण्डका सेथ रान्सले ३, टिम साउथी, स्कट कुज्जेलिजनले २–२ र इश सोधीले एक विकेट लिए ।

तीन खेलको सिरिजमा न्यूजिल्याण्डले २–० ले अग्रता लिएको छ । पहिलो खेलमा पाहुना टोली न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको थियो ।

पहिलो खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका न्यूजिल्याण्डका अनुभवी ब्याट्सम्यान रस टेलर प्लेइङ ११ मा छैनन् । 

टि–२० सिरिज श्रीलंका भर्सेस न्यूजिल्याण्ड

विशेष