वामदेव गौतम आज सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतम बुधबार सिंगापुर जाने भएका छन्।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार गौतम सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीलाई भेट्न त्यसतर्फ जान लागेका हुन् ।
गौतम आज दिउँसो १ बजे सिंगापुर जाने रिजालले जानकारी दिए। यसअघि नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर गइसकेका छन्।
नेता गौतम पनि हिजै जाने तयारी थियो। अन्तिम समयमा उनले सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए। तर प्रधानमन्त्री ओलीले नै बोलाएपछि उनी सिंगापुर जान लागेको बताइएको छ।