स्वास्थ्य

यस्ता छन् अमलाका ९ फाइदा

यस्ता छन् अमलाका ९ फाइदा

काठमाडौंः  अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमला नियमित खानाले आँखाको ज्योति बढाउँछ, दिमाग तेज गराउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । यति मात्रै होइन, अमलाका अरू धेरै फाइदा छन् ।

–अमलामा पानीको मात्रा पनि हुन्छ । यसले पिसाबसम्बन्धी समस्या हटाउँछ ।

–अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान सक्छ ।

–यो फल खाने हो भने रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायत विभिन्न पोषक महत्व हुन्छन् । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

–अमला कपालका लागि अति नै फाइदाजनक छ । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । यति मात्रै होइन, कपाल टुक्रनबाट पनि रोक्छ ।

–अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

–अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ ।

–अमलाले ब्लडसुगर नियन्त्रण गर्छ ।

–अमला खाँदा कब्जियत, अपच, डायरियाजस्ता समस्या हटेर जान्छ ।

–यसको नियमित सेवनले स्फूर्त राख्छ । मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

अमला भिटामिन सी

विशेष