मुख्य समाचार

प्राथमिक तहः पहिलो दिन २ जिल्लाको नतिजा सार्वजनिक (सूचीसहित)

प्राथमिक तहः पहिलो दिन २ जिल्लाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं ।  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले पहिलो दिन २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक गरेको छ । बुधबार आयोगले सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो ।

आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो ।

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

शिक्षक सेवा आयोग प्राथमिक तह नतिजा सार्वजनिक

विशेष