खेल

राशिद खानले बनाउँदै छन् आज नयाँ कीर्तिमान

राशिद खानले बनाउँदै छन् आज नयाँ कीर्तिमान

काठमाडौं । अफगानिस्तानले आफ्नो तेस्रो टेस्ट क्रिकेट खेल आज बंगलादेशविरुद्ध खेल्दैछ । यी दुई टिम बीचको एक मात्र टेस्ट नेपाली समयअनुसार बिहान ९ः४५ देखि बंगलादेशको चटगाउँमा सुरु हुनेछ । अफगानिस्तान र बंगालदेशले टेस्ट च्याम्पियनसिपको पहिलो टेस्ट खेल्न लागेका हुन् ।

अफगानिस्तानमा २० वर्षीय राशिद खान र बंगलादेशमा शाकिव अलहसनले टिमको नेतृत्व गर्दै छन् ।बिहीबारको यो खेलसँगै अफगानी स्टार राशिद खानले नयाँ इतिहास रच्दै छन् । उनले कम उमेरमा टेस्ट टिमको नेतृत्व गर्दै नयाँ इतिहास रच्न लागेका हुन् ।

राशिदले २० वर्ष २५० दिनमा टेस्ट टिमको नेतृत्व गर्न लागेका हुन् । यसअघि सबैभन्दा कम उमेरमा टेस्ट क्रिकेटमा जिम्बाब्वेका ततेन्दा ताइबूले टिमको कप्तानी गरेका थिए । उनले सन् २००४ मा श्रीलंकाविरुद्ध टिमको नेतृत्व गरेका थिए । यी हुन् टेस्ट क्रिकेटमा कम उमेरमा टिमको कप्तानी गर्ने क्रिकेटर

तदेन्ता तायबू– २० वर्ष ३५८
नवाब अली पटौदी– २२ वर्ष १५ दिन

वकार यूनिस– २२ वर्ष १५ दिन
ग्रिम स्मिथ– २२ वर्ष ८२ दिन
शाकिव अल हसन– २२ वर्ष ११५ दिन

टेस्ट क्रिकेट अफगानिस्तान भर्सेस बंगलादेश राशिद खान

विशेष