खेल

सन्दीपआवद्ध सीपीएल सुरु, उद्घाटन खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी

सन्दीपआवद्ध सीपीएल सुरु, उद्घाटन खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी

काठमाडौं ।  नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध क्यारेबियन प्रिमियर लिग (सीपीएल) यो संस्करण पहिलो खेलमा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सलाई हराउँदै ट्रिनबागो नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।

आज बिहान भएको खेलमा ट्रिनबागोले दिएको १५३ रनको लक्ष्य पछ्याएको प्याट्रोयट्सले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो । उसका लागि इभन लुइसले सर्बाधिक ३६, कोजरोन क्वाट्लीले २५, फाबियन आलेनले ३०, उश्मा मिरले २४ र मोहम्मद अफिजले १६ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा ट्रिनबागोका जीमि नीशम, मोहम्मद हसैनले ३–३, खरी पिर्रे र सीकुजी प्रशन्नले एकएक विकेट लिए ।  यसअघि टस हारेर ब्याटिङको मौका पाएको किरण पोलार्ड कप्तान रहेको ट्रिनबागोले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो ।

उसका लागि किरण पोलार्डले ४७, दिनेश रामदिन, जिमी नीशमले ३३–३३, लेन्डल सिमन्सले ११ रन बनाए । बलिङमा प्याट्रोयट्सका सेल्डोन कोट्रेल, रायद इमरितले ३–३ र अल्जारी जोसपिचले एक विकेट लिए ।

यो प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि छन् । उनीआवद्ध बार्बाडस ट्राइडेन्टसको पहिलो खेल भने ९ सेप्टेम्बरमा गुयाना अमेजन वारियर्सविरुद्ध छ । यो सिजनमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको छ । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर (करिव ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् ।

यो संस्करणको सीपीएल ड्राफ्टमा नेपालका सन्दीपसहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए । सन्दीपले अघिल्लो सिजन पनि सीपीएल खेलेका थिए । उनले २०१८ मा सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट ५ खेलमा सात विकेट लिएका थिए । यो पटक सन्दीपको टोलीमा को–को खेलाडी? 

बार्बाडसकाे पूर्ण टिमः एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली, वाहब रियाज, सन्दीप लामिछाने, जोसन चाल्स, साई होप, एश्ले नर्स, इमाद वासिम, जोनाथन कार्टर, केमर होल्डर, रोशन प्रिमिअस, रेमोन प्रिमियर, जुस्टिन ग्रेभिस, जोश्वा विश्वप, ह्यादिन वाल्स र लिंको बोउचर ।

सीपीएल क्यारेबियन प्रिमियर लिग सन्दीप लामिछाने

विशेष