मुख्य समाचार

पर्वतमा ग्याङ फाइट, समातिए १६ जना

पर्वतमा ग्याङ फाइट, समातिए १६ जना

पर्वत । गएको मंगलबार राति सार्वजनिक स्थलमा ‘ग्याङ फाइट’ गर्ने समूहका १६ जलाई प्रहरीले पक्राउ गरेको छ । दुई पक्षबीच झगडा गरी अशान्ति मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा नगरपालिका–५ कुस्मा बलेवा यान्त्रिक पुल रहेको चोक नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । 

चोक आसपासमा बस्दै आएका स्थानीयले झगडाका कारण अशान्ति फैलिएको र आतङ्कित भएको भन्दै प्रहरीमा उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । 

अनुसार झगडाका क्रममा घाइते भएका कुस्मा नगरपालिका–५ मा बस्दै आएका आस्विन क्षेत्री र वडा नम्बर–६ बस्ने आदित भण्डारीलाई उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लगिएकोमा दुवै जना सामान्य उपचार पश्चात् ‘डिस्चार्ज’ भइसकेका छन्।

प्रहरी निरीक्षक रायमाझीका अनुसार घट्नामा संलग्न रहेकाहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्यको खोजी भइरहेको छ। 

घट्नामा संलग्न रहेको आरोपमा कुस्मा नगरपालिका–४ बस्ने सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, हेन्सी भन्ने नवीन क्षेत्री, अनमोल कुमाल, सुदिप परियार, वडा न ५ बस्ने सुगम बोहोरा, आस्विन क्षेत्री, आशिष् केसी, वडा–६ मा बस्ने आविष्कार पौडेल, आदित भण्डारी, असिम पौडेल भन्ने अभिषेक पौडेल, वडा – ७ बस्ने सुमन केसी र सुजन केसी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।   

पर्वत ग्याङ फाइट

विशेष