भिडियो Breaking News अर्थ कभर स्टोरी

युवाहरुलाई प्रोत्साहन छैन, समृद्धि नाराले आउँदैन ( भिडियोसहित ) 

युवाहरुलाई प्रोत्साहन छैन, समृद्धि नाराले आउँदैन ( भिडियोसहित ) 

प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले आजभोलि ‘ विकास र समृद्धि’ भन्ने शब्दावली तुलनात्करुपमा कम प्रयोग गर्न थालेका छन् । उनीहरुले सार्वजनिकरुपमा व्यक्त गर्ने धारणामा ‘विकास र समृद्धि’ भन्ने शब्दावली कम प्रयोग भएको पाइन्छ । यसबाट ‘विकास र समृद्धि’ प्रति उनीहरुको प्रतिवद्धता घट्यो भन्ने अर्थ लगाउन त नमिल्ला तर आफूले दिएको आश्वासन पूरा गर्न नसकिने भएपछि संकोच लागेको चाहिं अवश्य हो । 

युवा उद्यमी तथा व्यवसायी जगत पोखरेल भन्छन्, ‘ दुई तिहाइको स्थिर सरकार छ, तर अपेक्षाकृत काम भएको छैन । स्वदेशमै लगानीको वातावरण सरकारले बनाउन सकेको छैन । व्यवसायी निराश हुने स्थिति छ । अझ युवा उद्यमीलाई सहयोग र प्रेरणा नै छैन । जति गर्ने हो आफ्नै प्रयासमा गर्ने हो, सरकारले त केही गर्दैन । ’

भिजन लुम्बिनी, चौतारो माइक्रो फाइनान्ससहित पोखराको भुजुङ खोलामा २५ मेगावाट विद्यूत उत्पादनको काममा व्यस्त रहेका पोखरेल भन्छन्, ‘ सरकारबाट अझै आशा छ । केही मन्त्रीहरु निकै आशालाग्दा छन् । उनीहरुले लगानीको लागि सहज व्यवस्था र ऐन कानून तर्जुमा गरी मुख्यतः युवा लगानीकर्तालाई प्रेरित गर्न सक्नुपर्छ । होइन भने यो देशको जनशक्ति विदेश पलायन हुनबाट कसैले जोगाउन सक्दैन । ’

पोखरेलका अनुसार देशको विकास र समृद्धिका लागि मुख्यतः तीनवटा क्षेत्रमा ध्यान दिन जरुरी छ :

क) पर्यटन 
ख ) उर्जा
ग ) कृषी 

सरकारले विकास र समृद्धिलाई आफनो लक्ष्य बनाएपनि त्यस अनुसार काम गर्न सकेको छैन । प्रचारात्मक काम धेरै भए तर योजनालाई कार्यान्वयनमा लैजाने कुनै काम भएको देखिदैन । स्थानीय, प्रदेश तथा केन्द्र सरकार सबैतर्फ एउटै हालत छ । मनशाय राम्रो हुँदाहुँदै पनि पर्यटन, उर्जा र कृषी क्षेत्रमा पनि आशा गरेअनुसार काम हुन सकेको छैन । 

पर्यटकीय पूर्वाधारका काम हुन सकेका छैनन । अझै पनि हवाइ र स्थलमार्गको यात्रा सुरक्षित छैन । यस्तो बेला भ्रमण वर्ष २०२० सफल बनाउने चुनौती छ । उर्जामा विकृती नै विकृती छन् । उर्जा मन्त्री वर्षमान पुन जोशिला भएकाले यो क्षेत्रका विकृती अन्त्य हुने आशा गर्न सकिन्छ । कृषीतर्फ त स्थिति झन बिजोग छ । कृषीयोग्य भूमी खण्डीकरण हुँदै गएको छ, अधिकांश जमिन बाँझै छन, किसानहरु विदेशीनुपर्ने स्थिति छ । आफनो उत्पादन नभएपछि सबै आयातमा भर पर्नु परेको छ । यसका लागि अविलम्ब स्पष्ट नीतिका साथ सरकार अघि बढ्नुपर्ने हो, तर त्यो पनि देखिएको छैन । 

‘नेपालको विकासका लागि नेपालीको लगानी नै पर्याप्त हुन्छ । सबैभन्दा पहिला यहाँका लगानीकर्तालाई सहज वातावरण बनाइदिन पर्यो । नेपालमा पैसा प्रशस्त छ, मात्र व्यवस्थापन हुन सकेको छैन । देशको विकास गर्न कुनै विदेशीको मुख ताक्नु पर्दैन । ठूलाठूला परियोजना पूरा गर्न सक्ने लगानी र सामथ्र्य नेपालीसंग छ । सरकारले यो अवसर नदिएको मात्र हो । ज्यादै ठूला र रणनीतिक महत्वका आयोजनामा विदेशी लगानी गर्दा पनि हुन्छ । तर, सबै कुरोको विस्तृत अध्ययन गरेर मात्र परियोजना जिम्मा लगाउनुपर्छ । सरकारले चाहेको विकास र समृद्धि प्राप्तीका लागि नेपालीलाई नै जागरुक बनाउने हो, विदेशीले ल्याउला भनेर रेल र पानी जहाजको सपना देख्ने होइन । ’ पोखरेलको राय छ । 

विशेष