मुख्य समाचार

टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका सुवेदी विजयी

टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका सुवेदी विजयी

काठमाडौं । किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी निर्वाचित भएका छन् । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभामा भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार) लाई ८३ मतले हराउँदै सुवेदी निर्वाचित भएका हुन् ।  

सुवेदी ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मत पाएका थिए । महासचिवमा भने थापा समूहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन्।समग्रमा नयाँ कार्यसमितिको अन्य पद भने मिश्रित आएको छ।

नयाँ कार्यसमितिको सुवेदी समूहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन्।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्। महिला सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन्।

सदस्यमा थापा समूहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

टान खुमबहादुर सुवेदी प्रजातान्त्रिक समूह

विशेष