Technology

नेपाल टेलिकमले आज रातिबाट फोरजी/एलटिइ सेवा अपग्रेड गर्दै

नेपाल टेलिकमले आज रातिबाट फोरजी/एलटिइ सेवा अपग्रेड गर्दै

काठमाडौं : नेपाल टेलिकमले फोरजी/एलटिई सेवा अपग्रेड गर्ने भएको छ।

शनिबार राति ११:३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोबाइल सेवा प्रयोगमा कठिनाइ आउनसक्ने टेलिकमले जनाएको छ।

मोबाइल सेवा अवरुद्ध हुन पुगे मोबाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

‘फोरजी/एलटिइ सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११:३० बजेदेखि सिस्टम अपग्रेडसम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोबाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ।

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ। देशभर नै फोरजी/एलटिई सेवा विस्ता भइराखेको टेलिकमको भनाइ छ।

फोरजी/एलटिइ

विशेष