खेल

यू–१९ एसिया कपः आज नेपाल र बंगलादेश भिड्दै

यू–१९ एसिया कपः आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अन्तर्गत आज नेपालले बंगलादेशविरुद्ध खेल्दै छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेदेखि सुरु हुँदैछ । समूह ‘बी’मा रहेको नेपाललाई अघिल्लो चरणमा पुग्न बंगलादेशसँगको खेल निकै महत्वपूर्ण छ ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । टेस्ट राष्ट्र बंगलादेश पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । 

बंगलादेशले पहिलो खेलमा यूएईमाथि सहज जीत निकालेको छ । त्यसैले पनि बंगलादेशको मनोबल उच्च छ । नेपाल र बंगलादेशबीच यसअघि उमेर समूहमा ५ पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतियोगितामा नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्ने छ ।

नेपाल भर्सेस श्रीलंका यू–१९ एसिया कप क्रिकेट

विशेष