खेल

यू–१९ एसिया कपः बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

यू–१९ एसिया कपः बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेश विरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ ।  

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान ९ः४५ बजेदेखि सुरु भएकाे छ । समूह बी’मा रहेको नेपाललाई अघिल्लो चरणमा पुग्न बंगलादेशसँगको खेल निकै महत्वपूर्ण छ ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । टेस्ट राष्ट्र बंगलादेश पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । 

बंगलादेशले पहिलो खेलमा यूएईमाथि सहज जीत निकालेको छ । त्यसैले पनि बंगलादेशको मनोबल उच्च छ । नेपाल र बंगलादेशबीच यसअघि उमेर समूहमा ५ पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतियोगितामा नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्ने छ ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । स्पिनर सूर्य तामाङको स्थानमा सन्दीप जोरालाई प्लेइङ ११ मौका दिइएको छ । दोस्रो खेलमा प्रतिस जिसी, खडक बोहरा, लोकेश बम र सूर्य तामाङ बेन्चमा रहेका छन् ।

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र हरिबहादुर चौहान

एसिया कप बंगलादेश भर्सेस नेपाल

विशेष