स्वास्थ्य

जुसभन्दा फलफूल लाभदायक

जुसभन्दा फलफूल लाभदायक

व्यस्त जीवनशैलीमा धेरैजसो मानिस फलफूल खाएर बस्नभन्दा जुस निकालेर पिउँछन्। यसले समयको बचत हुन्छ। बिहानै जुस पिउँदा शरीरको विकास निस्कन्छ भने धेरैको बुझाइ छ। फलफूल खाएर त्यसमा भएको फ्रक्टोजका साथै फाइबरसमेत प्राप्त हुन्छ।

जुस पिउँदा फाइबर छुट्टिन्छ र प्रक्टोज तथा केही भिटामिन मात्र शरीरमा जान्छ। फलफूलको रस मात्र पिउँदा द्रुत रूपमा प्रक्टोज रगतमा मिल्छ। यसले रगतमा चिनीको मात्रा एक्कासी बढाउँछ।

केही वर्षअघि गरिएको एक अध्ययनमा फलको जुस पिउनुको सीधा असरका रूपमा टाइप टु डायबिटिज भएको पाइएको थियो। फलफूलको जुस धेरै पिउनु हानिकार हुनुका साथै मोटोपनको समस्यासमेत सिर्जना गर्ने बताइन्छ।

धेरैले शरीरमा भएको विकार बाहिर निकाल्छ भनेर जुस पिउँछन्। यद्यपि जुसबाट भन्दा पनि फलफूलबाट त्यस्तो विकार बाहिर निस्कन्छ। फलफूल खाँदा पेट अघाएको महसुस हुने भएकाले कार्बोहाइड्रेडको मात्रा कम गर्नसमेत सहयोग पुग्छ।

जुस फलफूल

विशेष