स्वास्थ्य

सदनमा उठ्यो डेंगु महामारीको प्रसंग

सदनमा उठ्यो डेंगु महामारीको प्रसंग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगुले महामारी रुप लिँदा पनि सरकारले नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । आईतबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरिन् ।

उनले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग आग्रह गरेकी हुन् । डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै उनले तत्काल सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको पनि गम्भीर ध्यानाकर्षण गराइन् ।

उनले भनिन् –‘‘डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रीले केही गर्न सक्दैनौँ भन्नुहुन्छ । मन्त्रालयले नगरे कसले गर्ने ? यसको नियन्त्रणका लागि सदनलाई स्वास्थ्य मन्त्रालयबाट के भएको जानकारीका लागि सभामुख मार्फत मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’’

चिकित्सकहरुका अनुसार हाल डेंगुको संक्रमणमा परी ३,५८० जना विरामीहरु अस्पतालमा भर्ना भएका छन । डेंगु र स्क्रबटाइफसका कारण ४ जनाको ज्यान गईसकेको छ ।
 

विशेष