खेल

सीपीएलः सन्दीपलाई एक ओभर मात्र बलिङ, बार्बाडोसको लज्जास्पद हार

सीपीएलः सन्दीपलाई एक ओभर मात्र बलिङ, बार्बाडोसको लज्जास्पद हार

काठमाडौं ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्राइडेन्ट्स गुयाना एमाजन वारियर्सविरुद्ध ४७ रनले पराजित भएको छ ।

१८१ रनको लक्ष्य पछ्याएको सन्दीपको टिमले १६.४ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । उसका लागि एश्ले नर्सले सर्बाधिक ४० रन बनाए । बलिङमा गुयानाका रिमारियो सेफर्डले सर्बाधिक ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि चन्द्रपउल हेमराजले ३ छक्का र ६ चौकाको मद्दतमा सर्बाधिक ६३ रन बनाए ।

यस्तै, निकोलश पूरन ६१ र शेरफन रदरफोर्ड ३२ रनमा नट आउट रहे । बलिङमा बार्बाडोसका रोशन प्रिमअसले २, रयोमन रेफिर कप्तान जसन होल्डरले एक–एक विकेट लिए ।

सन्दीपलाई एक ओभर मात्र मौका
बार्बाडोस ट्राइडेन्ट्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गुयाना एमाजन वारियर्स विरुद्धको पहिलो खेलमा एक ओभर मात्र बलिङ गर्न पाए । किफायती बलिङका बाजुत सन्दीपले पूरा ओभर बलिङ गर्न नपाएका हुन् ।

उनले आफ्नो पहिलो ओभरमा बिनाविकेट ५ रन दिए । त्यसक्रममा सन्दीपले एक चौका र सिंगल रन खर्चिएका थिए । उनले पाँचौ ओभर बलिङ गरेका थिए । त्यसपछि भने सन्दीपलाई बलिङको मौका दिइएन ।

सन्दीप आबद्ध बार्बाडोसले पहलिो खेलमा टस जितेर बलिङ रोजेको छ । उनको टिममा जसन होल्डर, एलेक्स हेल्स, जेपी डुमीनि, वाहब रियाज, इमाद वासिम, जन्सन चार्ल्सलगायत छन्। गुयानामा सोयब मलिक, सिमरन हेटमेयर, ब्रान्डन किङ, किमो पल, सदाब खानलगायत खेलाडी छन्।

प्रतियोगितामा सन्दीपको यो दोस्रो सहभागिता हो। इन्डियन प्रिमियर लिग (आइपीएल) मा सहभागितासँगै चम्किँएका सन्दीपलाई गत वर्ष सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सले सीपिएलमा उतारेको थियो। त्यतिबेला सन्दीपले सात विकेट लिएका थिए। प्रतियोगिता बीचमै छाडेर फर्कनुअघि सन्दीपले बलियो छाप छाडेका थिए। त्यस संस्करणमा सन्दीप आबद्ध सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स तेस्रो भएको थियो।

यसपटक सन्दीपलाई ट्राइडेन्ट्सले आबद्ध गर्‍यो। सन् २०१४ मा उपाधि र लगत्तै अर्को वर्ष उपविजेता बनेको यो टोली त्यसयता विजेता बन्न सकेको छैन। पछिल्ला दुई संस्करणमा क्रमश पाँचौँ र छैटौँ भएको थियो।

सन् २०१८ को सुरुवातमा आईपीएलमा आबद्ध भएपछि सन्दीपको चर्चा आकाशिएको थियो। यो प्रतियोगिता कुनै पनि नेपाली क्रिकेटर सहभागी पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट प्रतियोगिता थियो। यसबीचमा सन्दीपले विश्वका सबै ठूला व्यवसायिक क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

सन्दीप लामिछाने   क्यारेबियन प्रिमियर लिग

विशेष