मुख्य समाचार

दुर्घटनामा परेपछि हिसिला यमी अस्पताल भर्ना

दुर्घटनामा परेपछि हिसिला यमी अस्पताल भर्ना

काठमाडौं । पूर्वमन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी दुर्घटनामा परेकी छिन् । हिसिला चढेको स्कुटरलाई मोटरसाईकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेकी हुन् । अहिले उनलाई अस्पताल भर्ना गरिएको छ ।

डा. बाबुराम भट्टराईका स्वकिय सचिव विश्वदीप पाण्डेका अनुसार हिसिलाको शरीरमा कुनै देखिने गरि चोटपटक भने लागेको छैन । तर भित्री चोट लागेको अवस्था यकीन गर्न चिकित्सकले २४ घण्टा निरगरानीमा राखेका छन् ।

घाईते भएपछि हिसिलालाई बि एण्ड बी अस्पतालमा भर्ना गरिएको छ । डा. भट्टराईले पनि आफ्नो फेसबुक पेजमा हिसिला र बाबुराम सँगै नृत्य गरेको तस्वीर सम्झनास्वरुप राख्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

दुर्घटना हिसिला यमी

विशेष