मुख्य समाचार

चिनियाँ विदेशमन्त्री यी को–कोसँग भेट गर्दै छन् आज ?

चिनियाँ विदेशमन्त्री यी को–कोसँग भेट गर्दै छन् आज ?

काठमाडौं । तिन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ता होटेल याक एण्ड यतिमा आज दिउँसो साढे तीन बजेका लागि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

वार्तापछि दुई देशबीच विभिन्न सम्झौंतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यस्तै चिनियाँ विदेशमन्त्री वाङले साँझ पौने ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने साढे ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।  

प्रधानमन्त्रीसँगको भेटवार्तापछि चिनियाँ विदेशमन्त्री वाङ परराष्ट्रपति मन्त्री ज्ञवालीले होटेल याक एण्ड यतिमा आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछन्। आइतबार काठमाडौं आईपुगेका वाङले मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

मन्त्री वाङ यी भोलि दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङको भ्रमणलाई राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीका रुपमा हेरिए पनि सी नेपाल आउने कुनै औपचारिक तयारी भने भएको छैन्। सीको नेपाल भ्रमण हुन सक्नेबारे चीनले कुनै जानकारीसमेत दिएको छैन्।  

प्रदीप ज्ञवाली वाङ यी

विशेष