खेल

बिग बास लिगः मेलबर्नविरुद्ध खेल्दै सन्दीपआवद्ध स्टार्स

बिग बास लिगः मेलबर्नविरुद्ध खेल्दै सन्दीपआवद्ध स्टार्स

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले आफ्नो आठौं म्याच खेल्दै छ । स्टार्सले आठौं म्याचमा मेलबर्न रेनेगेड्स विरुद्धको सामना गर्न लागेको हो । स्टार्स–रेनेगेड्स विरुद्धको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । 

आठौं म्याचमा पनि लामिछाने टिममा अटाएका छन् । शुक्रबारको म्याचमा विकेटकीपर–ब्याट्सम्यान पीटर ह्यान्सकम्ब, स्पिनर एडम जम्पा र ब्याट्सम्यान निक म्याड्सन भने हुने छैनन् ।

ह्यान्सकम्ब र जम्पाले अष्ट्रेलियाले खेल्ने वानडे सिरिजका कारण मेलबर्नको आजको म्याच नखेल्ने भएका हुन् । म्याड्सनले भने चोटका कारण शुक्रबारको खेल गुमाए । उनीहरुको स्थानमा सेब गोच, लान्स मोरिस र साम इलियटले टोलीमा मौका पाएका छन् ।

जारी प्रतियोगितामा सन्दीप आवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले ७ म्याचमा ६ मा जित हासिल गर्दै १२ अंक जोडेको छ । र, मेलबर्न शीर्ष स्थानमा कायमै छ । यता गत विजेता रेनेगेड्सले भने ७ म्याच खेल्दा सबै खेलमा हारको सामना गरेको छ ।  

रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्सको सम्भावित प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कटर–नाइल, बेन डन्क, सेव गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन,  हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

मेलबर्न रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्स बीबीएल सन्दीप लामिछाने

विशेष