मुख्य समाचार

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?

काठमाडौंः आजदेखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने भएको हो । 

अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जाने मौसम पूर्वानुमान महाशाखाले छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको छ । तर बेलुकाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।    

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पुष २५ गते 

दिउँसोः देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पुष २६ गते (शनिबार) 

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातिः देशका पश्चिमी भू–भागमा आंशिक  बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पुष २७ गते (आइतबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातिः  देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान मौसम

विशेष