स्वास्थ्य

खाली पेटमा चिया पिउनाले निम्तन सक्छन यस्ता समस्या, जानिराखौं

खाली पेटमा चिया पिउनाले निम्तन सक्छन यस्ता समस्या, जानिराखौं

तातो चियाको चुस्कीसँगै बिहानीको सुरुवात गर्ने पछिल्लो समय हरकोहीको आदत बनेको छ। कोहीकोही त बिहान मुखसमेत नधोई बेड टि भन्दै ओछ्यानमै चिया पिउन थालेका छन। तर यस्तो आदतले मानिसलाई समस्यामा पार्न सक्छ। खाली पेटमा चिया पिउनाले पेटसम्बन्धी समस्या देखिन्छ। यसै सन्दर्भमा आज हामी खाली पेटमा चिया पिउनुका बेफाइदाहरुका बारेमा बताउन जादैछौं 

-खाली पेटमा चिया पिउनाले हाइड्रोक्लोरिक एसिडको मात्रा बढ्छ,जसले कब्जियत तथा वान्ता हुने समस्या निम्तन्छ। 

-यसले एसिडिटीको मात्रा बढ्न गई पेट पोल्ने समस्या देखा पर्छ। 

-कतिपयको बानी बेड टि लगत्तै फेरी चिया पिउने हुन्छ यसले पाचन प्रणालीमा प्रत्यक्ष असर गर्दछ। 

-केहि नखाई चिया खानाले स्वासनालीमा समेत समस्या देखिन थाल्छ। 

-अधिकांश मानिस टाउको दुख्ने बित्तिकै चिया पिउने गर्छन तर खाली पेटमा यसको सेवन गर्नाले उल्टो तनाव बढ्ने, अनिन्द्रा जस्ता समस्या देखिन्छन।  

-हरेक दिन खाली पेटमा चिया पिउनाले भोक नलाग्ने तथा खाना खान मन नलाग्ने हुन सक्छ। 

- खाली पेटमा चिया पिउनाले शरीर शिथिल हुन्छ।

-खाली पेटमा चिया पिउनाले शरीरमा मेलेनिनको मात्रा बढ्न गई छालाको रंग पनि गाढा हुन्छ।  

 

 

चिया खाली पेट

विशेष