मुख्य समाचार

आज राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण लाग्ने

आज राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण लाग्ने

काठमाडौंः आज राति चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने छ । 

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष भट्टराईले बताए । यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने  खगोलविद्ले बताएका छन्

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाँया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने आज चन्द्रग्रहण नलाग्ने दाबी गरेको छ । समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले समितिमा पनि यसबारेमा छलफल भएको तर आज चन्द्रग्रहण नलाग्ने निष्कर्ष निकालिएको बताए । 

यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसकिने भएकाले पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा नगरिएको एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए । 

  

चन्द्रग्रहण पेनम्ब्रल

विशेष