मुख्य समाचार

खोला उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

खोला उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

जनकपुरधामः धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको छ ।

आज बिहान छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरको ठक्करबाट महतोको हत्या गरिएको हो ।  

दिलीपकुमारले अवैध ढंगले खोला उत्खननको विरोध गर्दै आएकाले उनको योजनाबद्ध ढंगले हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको थियो ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले योजनाबद्ध रुपमा किचेर टिपरले दिलीपको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको बताए । प्रहरीका अनुसार, टिपर चालक फरार छन् । उनको खोजी भइरहेको छ ।

जनकपुरधाम धनुषा हत्या दिलीपकुमार महतो खोला उत्खनन

विशेष