खेल

टी–२० क्रिकेट सिरिजः ‘क्लिन स्विप’बाट जोगिएला श्रीलंका?

टी–२० क्रिकेट सिरिजः ‘क्लिन स्विप’बाट जोगिएला श्रीलंका?

काठमाडौंः भारत र श्रीलंकाबीचको टी–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । भारत–श्रीलंकाबीचको अन्तिम खेल साँझ ७ः१५ बजेदेखि पुणेमा सुरु हुनेछ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।

यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार आजको खेलका क्रममा पनि वर्षाको सम्भावना रहेको छ । भारतले सिरिजको दोस्रो म्याच ७ विकेटले जितेको थियो । 

सिरिजको दोस्रो खेलमा भारतीय टिमले उत्कृष्ट प्रदर्शन गर्‍यो । श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य १७.३ ओभरमै पूरा गरेको थियो ।  

भारतको सम्भावित प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, वाशिङटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी ।

श्रीलंकाको सम्भावित प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, भानुका राजापक्ष, एन्जेलो म्याथ्यूज, वानिन्दु हसरंगा र लाहिरू कुमारा ।
 

टी–२० क्रिकेट सिरिज भारतविरुद्ध श्रीलंका

विशेष