खेल

बीबीएलः रेनेगेड्सविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध स्टार्स

बीबीएलः रेनेगेड्सविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध स्टार्स

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्सले ‘ब्याट फ्लिप’ जितेर बलिङ रोजेको छ । रेनेगेड्स र स्टार्सबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुँदैछ । मेलबर्न स्टार्समाआवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आठौं म्याचमा पनि प्लेइङ ११ मा मौका पाएका छन् ।

जारी प्रतियोगितामा सन्दीप आवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले ७ म्याचमा ६ मा जित हासिल गर्दै १२ अंक जोडेको छ । र, मेलबर्न शीर्ष स्थानमा कायमै छ । यता गत विजेता रेनेगेड्सले भने ७ म्याच खेल्दा सबै खेलमा हारको सामना गरेको छ ।

मेलबर्न स्टार्सको प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कटर–नाइल, बेन डन्क, सेव गोच, लान्स मोरिस, सन्दीप लामिछाने, निक लार्किन,  हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

रेनेगेड्सको प्लेइङ–११ः शन मार्श, साम हार्पर, मार्कस हैरिस, बउ वेबस्टर, समित पटेल, ड्यान क्रिश्चियन (कप्तान), टम कूपर, विल सुदरल्याण्ड, क्यामरन ब्यायस, जो मेन्ने, रिचर्ड ग्लेसन ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्स

विशेष