खेल

भारतीय स्टार बलर बुमराहले रचे इतिहास

भारतीय स्टार बलर बुमराहले रचे इतिहास

काठमाडौंः भारतीय क्रिकेट टिमका स्टार बलर जसप्रीत बुमराहले इतिहास रचेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक विकेट लिँदै बुमराहले इतिहास रचेका हुन् । 

उनले शुक्रबार राति श्रीलंका विरुद्धको सिरिजको अन्तिम खेलमा एक विकेट लिँदै यो उपलब्धि हासिल गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अब बुमराहको नाममा ५३ विकेट पुगेको छ ।

यसअघि भारतका लागि टी–२० क्रिकेटमा सर्बाधिक विकेट लिनेको सूचीको शीर्ष स्थानमा स्पिनरद्धय आर आश्विन र युजवेन्द्र चहल थिए । उनीहरुको नाममा समान ५२ विकेट थियो । 

दायाँ हाते फास्ट बलर बुमराहले ४५ टी–२० अन्तर्राष्टिय म्याचमा ५३ विकेट हासिल गर्दै आश्विन र चहलको कीर्तिमान तोडेका हुन् । अलि आश्चर्यको कुरा केछ भने हालसम्म बुमराहले अन्तर्राष्टिय टी–२० क्रिकेटमा एकै खेलमा ३ विकेट लिन सकेका छैनन् ।  

टी–२० क्रिकेटमा भारतका लागि सर्बाधिक विकेट लिने क्रिकेटर

जसप्रित बुमराह– ५३ विकेट
रविचन्द्र आश्विन, युजवेन्द्र चहल– ५२ विकेट 
भुवनेश्वर कुमार– ४१ विकेट
कुलदीप यादव– ३९ विकेट
हार्दिक पाण्ड्या– ३८ विकेट 

 
 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जसप्रीत बुमराह

विशेष