राशिफल

कस्तो छ तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

कस्तो छ तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस पुष २६ गतेदेखि माघ ३ गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ। धार्मिक कार्यमा मन जानेछ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा राम्रै सफलता हात लागि हुनेछ। 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान सम्मान बढ्नेछ। साथीभाईको साथ र सहयोग मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरु फेला पर्नेछन। रमणीय यात्राको योग रहेको छ। मध्य सातामा व्यर्थको सास्ति खेप्नु पर्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

मनोरन्जनात्मक कार्यमा सहभागी भइने छ। आकस्मिक धनलाभको सम्भावना रहेको छ। कामको उचित मुल्यांकन हुनेछ। प्रतिष्पर्धात्मक कार्यमा बिजयी भइने छ। सोचे अनुरुपको काम बन्नेछ। स्वास्थ्यमा सामान्य खराबी देखिन सक्ला सजक रहनुपर्नेछ। 

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

एकपछि अर्को अवसरले पछ्याउनेछ। विद्या र बुद्धिको विकास हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । भौतिक साधन जुटाउने समय छ । प्रेमसम्बन्धमा सामान्य मनमुटाव हुन सक्ला। भौतिक साधन जुटाउने समय रहेको छ। समग्रमा तपाईका लागि यो साता शुभ रहनेछ।   

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

लामो समयदेखी रोकिएका काम पुनः सुरु हुनेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । साताको मध्यबाट भने अनावश्यक क्षेत्रमा धन खर्च होला। विश्वासपात्रबाट धोका पाईएल अलि सजक रहनुपर्ने छ। 

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

पढाई लेखाईमा सफल भइने छ। पारिवारिक वातावरण उल्लाशमय बित्नेछ। मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

प्रतिस्पर्धाहरूमा उर्तिण हुन सकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ।  

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

कार्यमा सोचेको भन्दा अधिक सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ ।  राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट लाभ हुनेछ ।

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

पारिवारिक वातावरण सुखद रहनेछ। वित्तीय लाभ प्राप्त हुनेछ। नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । नोकरीमा पदोन्नतीको सम्भावना रहेको छ।  

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। मानसिक अस्थिरता बस्नेछ। स्वास्थ्य सामान्य रहला। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। विदेशयात्रा सुखद रहनेछ। समग्रमा मिन राशिका लागि यो साता शुभ फलदायी रहने छ।  

राशिफलमा जे जस्तो लेखिएको भएता पनि तपाईका दिनहरु सुखसँग बितोस 

 

#साप्ताहिक राशिफल

विशेष