खेल

एमएम कपः सुदूरपश्चिमविरुद्ध ४९ रनमै समेटियो मलेसिया

एमएम कपः सुदूरपश्चिमविरुद्ध ४९ रनमै समेटियो मलेसिया

काठमाडौंः सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताकाे समूह ‘डी’ अन्तर्गत मलेसिया–११ ले सुदूर पश्चिम प्रदेशलाई ५० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो ।

उसका लागि वीरन्दीप सिंहले ६९ बलमा ३ चौकासहित सर्बाधिक २२ रन बनाए । मलेसियाका बाँकी १० खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ५ विकेट लिएर ११ रन दिए । यस्तै विनोद लामाले ४ र बिक्रम ठगुन्नाले एक विकेट हात पारे ।  

मलेसियाकाे प्लेइङ ११ः अहमद फैज मोहम्मद नुर (कप्तान), विरनदीप सिंह, भुषण विलास, शार्विन मुनियन, सैयद अजीज, मोहम्मद आरिफ जमालुद्दीन, मोहम्मद नाज़िल रहमान, पवनदीप सिंह, मुहम्मद अनवर रहमान, आइनूल हकीम, धिवेन्द्रन मोगन ।

सुदूरपश्चिम प्रदेशको प्लेइङ ११ः सन्तोष भट्ट (कप्तान), विनोद लामा, खडक बोहरा, लोकेश बम (विकेटकिपर), अरुण ऐरी, आकश चन्द, शेर मल्ल, दिपक बोहरा, किरण ठगुन्ना, गजेन्द्र बोहरा, बिक्रम ठगुन्ना । 

प्रतियोगिता अन्तर्गत यसअघि समूह ‘ए’, ‘बि’ र ‘सी’ का खेलहरु सम्पन्न भइसकेका छन् जसबाट त्रिभुवन आर्मी क्लब, प्रदेश–३ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सुदूर पश्चिम प्रदेशविरुद्ध मलेसिया–११

विशेष