मुख्य समाचार

दिलीपको हत्या आरोपमा क्रसर मालिक पक्राउ

दिलीपको हत्या आरोपमा क्रसर मालिक पक्राउ

धनुषाः अवैध उत्खननको विरोध गर्दै आएका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) को हत्या आरोपमा प्रहरीले क्रसर मालिक विपीनकुमार महतोलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार क्रसर उद्योग मालिक विपिनलाई जनकपुरधाम उपमहानगरपालिका–१ भानू चोकबाट शनिवार विहान १० बजे पक्राउ गरिएको हो ।

दिलिपको शवलाई कुल्चेको आरोपमा टिपर चालक मुनिन्द्र महतोलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको थियो ।

शुक्रवार विहान करिब ४ बजेको समयमा औरही नदीमा भइरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिपलाई टिपरले किचेर हत्या गरिएको थियो ।

हत्यापछि परिवारजनले चुरियामाई बालुवा प्रशोधन केन्द्रका समालिक विपिन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरिएको आरोप लगाएका छन् । क्रसर मालिक विपिनले नै दिलीपको हत्या गरेको आरोप उनका परिवारजनले लगाएपछि उनी फरार थिए ।

धनुषा अवैध उत्खनन विपीनकुमार महतो

विशेष