खेल

मलेसियाविरुद्ध सुदूरपश्चिम प्रदेश ८ विकेटले विजयी

मलेसियाविरुद्ध सुदूरपश्चिम प्रदेश ८ विकेटले विजयी

काठमाडौंः सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत मलेसिया–११ विरुद्ध सुदूर पश्चिम प्रदेश ८ विकेटले विजयी भएको छ । मलेसियाले दिएको ४९ रनको लक्ष्य सुदूरपश्चिमले ७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि खडक बोहरा, लोकश बमले अविजित १५–१५, गजेन्द्र बोहराले ११ र अरुण ऐरीले ६ रनको योगदान दिए । बलिङमा मलेसिया ११ का दिभेन्द्रन मोगन र अन्वर रहमानले एक–एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसिया–११ ले २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो । उसका लागि वीरन्दीप सिंहले ६९ बलमा ३ चौकासहित सर्बाधिक २२ रन बनाए । मलेसियाका बाँकी १० खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ५ विकेट लिएर ११ रन दिए । यस्तै विनोद लामाले ४ र बिक्रम ठगुन्नाले एक विकेट हात पारे । तस्बिरः विकेट नेपाल

एकदिवसीय राष्ट्रिय प्रतियोगिता मलेसियाविरुद्ध सुदूरपश्चिम

विशेष