समाज

कञ्चनपुरका विद्यालय दुई दिनका लागि बन्द

कञ्चनपुरका विद्यालय दुई दिनका लागि बन्द

कञ्चनपुर । शीतलहर र जाडो अत्यधिक बढेपछि कञ्चनपुरको महाकाली नगरपालिकाले दुई दिनका लागि नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ।

अत्यधिक चिसोको कारण विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा पठनपाठन गर्न समस्या भएकोले यही पुस २८ गते र २९ गते दुई दिनसम्म सबै विद्यालय बन्द गर्न नगर कार्यपालिका कार्यालयले निर्णय गरी सूचना प्रकाशित गरिएको महाकाली नगरपालिकाका उप प्रमुख चिनी गिरी ओझाले जानकारी दिए।

माघ १ गते सार्वजनिक बिदा रहेकोले त्यसपछि मौसममा केही सुधार आएमा विद्यालय सञ्चालन गरिने उनको भनाइ छ । 

विशेष