खेल

बिग बास लिगमा सन्दीपको टिमको खेल आज

बिग बास लिगमा सन्दीपको टिमको खेल आज

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आज आफ्नो नवौं म्याच खेल्दै छ । मेलबर्नले नवौं म्याच सिड्नी सिक्कर्सविरुद्ध खेल्न लागेको हो । सिड्नी–मेलबर्नबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । 

टिमको नवौं म्याचमा पनि प्लेइङ ११ मा सन्दीपको सम्भावना बलियो छ । उनी शनिबार मेलबर्नले सार्वजनिक गरेको १३ सदस्यीय टोलीमा पनि अटाइसकेका छन् । टिमका अर्का महत्वपूर्ण स्पिनर एडम जम्पा नभएकाले पनि प्लेइङ ११ मा सन्दीपको सम्भावना निश्चित जस्तै छ । 

मेलबर्नले नवौं म्याचमा नाथन कल्टर–नाइल र साम इलियटलाई विश्राम दिएको छ । उनीहरुको स्थान ज्याक्सन कोलम्यान र जोनाथन मेर्लोले लिएका छन् । गत संस्करणको उपविजेता मेलबर्नले जारी सिजनमा पनि शानदार प्रदर्शन गरिरहेको छ ।

उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ ।   

सिक्सर्सविरुद्ध मेलबर्नको सम्भावित प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, ज्याक्सन कोलम्यान, बेन डन्क, सेब गोच, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

बीबीएल बिग बास लिग सन्दीप लामिछाने मेलबर्न स्टार्स

विशेष