मुख्य समाचार

तराइमा व्यापक हुस्सु–कुहिरो, कस्तो छ आगामी तीन दिनको मौसम?

तराइमा व्यापक हुस्सु–कुहिरो, कस्तो छ आगामी तीन दिनको मौसम?

काठमाडौंः आज बिहान देशको तराई क्षेत्रमा व्यापक हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । यतिबेला पश्चिमदेखि पूर्वसम्मै तराई क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार पूर्वी तराईका हुस्सु–कुहिरो दिउँसो १–२ पछि बिस्तारै हट्दै जानेछ भने मध्य र पश्चिम तराईका हुस्सु–कुहिरो अपराह्नबाट केही पातलो भएर जानेछ तर पूर्ण रूपमा हट्ने सम्भावना रहेको छैन । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा भने आज अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ ।  

कस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान?  

पुस २७ गते (आइतबार) 

दिउँसोः देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू–भागहरुमा हुसु–कुहिरो लाग्ने सम्भावना  छ । 

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पुस २८ गते (सोमबार) 

दिउँसोः देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू–भागमा हुसु–कुहिरो लाग्ने सम्भावना  छ । 

रातिः देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भूभागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

पुस २९ गते (मंगलबार)  

दिउँसोः देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभामा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

रातिः देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भूभागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

मौसम पूर्वानुमान हुस्सु–कुहिरो

विशेष